गोरखा विश्वकर्मा कामी युथ ट्रस्टद्वारा श्री विश्वकर्मा पूजा

Share this news

दिल्लीमा सञ्चालित गोरखा विश्वकर्मा कामी युथ ट्रस्टद्वारा श्री विश्वकर्मा पूजाको आयोजन तेस्रो पल्ट मुनिरका बाल्मीकि मन्दिर प्राङ्गणमा गरिएको थियो। धनराज प्रजाको कोरीओग्राफीमा समूह गणेश वन्दनामा अति सुन्दर नृत्य प्रस्तुति गारियो। दिल्लीका सबै संघ संस्थाबाट उपस्थित भई विश्वकर्मा पूजाको आशीर्वाद साथ प्रसाद ग्रहण गरेका थिए। यहीक्रममा श्री विश्वकर्मा समुदायको आफ्नो भेष भूषालाई प्राथमिकता दिन “हाम्रो स्वाभिमान ट्रस्ट”का ट्रस्टी प्रेम छेत्रीले हामीले आफ्नो संस्कृति आफ्नो भेषभूषालाई पहिलो प्राथमिकता दिने कुरामा जोड दिए। यसरी नै “कर्म भूमि समाज”का अध्यक्ष राजू शंकारले पनि पूजामा उपस्थिति दिएका थिए। गोरखा विश्वकर्मा कामी युथ ट्रस्टको प्रमुख सलाहकार युगीन खातीले 3 सालदेखि निरन्तर श्री विश्वकर्मा भगवानको प्रतिमा ट्रस्टलाई प्रदान गरेकोमा समामान जनाइयो। नृत्य प्रस्तुत गर्ने नानीहरुलाई प्रमाण-पत्र अनि पारितोषिक प्रदान गरिएको थियो। कार्यक्रम सफल बनाउने अमित धमला र अन्य ट्रस्टको परिवारलाई धन्यवाद ज्ञापन गरिएको ट्रस्टका अध्यक्ष किरण रसाईंलीले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न