आजाद हिन्द फौजका प्रथम गोर्खा शहीद मेजर दुर्गा मल्लको 82 औं बलिदान दिवसको उपलक्ष्यमा आगामी 25 अगस्तको दिन शहीद मल्लको सालिगमा श्रद्धाञ्जली चढाइनेछ। सिलगढीको गुरूङ नगर अवस्थित वीर जवान चौकमा बिहान 11 बजे आयोजन गरिएको छ। उक्त कार्यक्रममा उपस्थित भएर शहीदलाई श्रद्धाञ्जली चढाउन भानुभक्त समितिले आह्वान गरेको छ। स्मरण गराइन्छ, अङ्ग्रेजहरू विरूद्धको महत्वपूर्ण दस्तावेजको साथमा मेजर दुर्गा मल्ल पक्रा परेका थिए। त्यसपछि 25 अगस्त 1944 को दिन उनलाई दिल्लीको पुरानो जेलको फाँसीघरमा अङ्ग्रेजहरूले फाँसी दिएका थिए।
