अब चाँढै खुशीको खबर सुन्न पाउँ: गोरामुमो अध्यक्ष घिसिङ

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा संस्थापक अध्यक्ष सुबास घिसिङले आजकै दिन समस्त गोर्खा जातिको उन्मुक्तिको निम्ति टिस्टा भेल्ली सजनी डाँडामा अवस्थित दुर्गा मन्दिरमा पुजा अर्चना गरि गोर्खाल्याण्ड आन्दोलनको शंखघोष गरि गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति बृहत जनाअन्दोलनको शुरूवात गरेका थिए । गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यस दिनलाई गोर्खाल्याण्ड जनजागरण दिवसको रूपमा पालन गर्दै आएको छ। यसैक्रममा आज गोर्खा जातिको गोर्खा जातिको उन्मुक्तिको गोरामुमोद्वारा गोर्खाल्याण्ड जनजागरण दिवसको अवसरमा माटो अनि भूमिको पूजा गरेका छन्। गोरामुमो अध्यक्ष मन घिसिङद्वारा आज सजनी डाँडा देवी मन्दिरमा पुजा अर्चना गरि गोर्खा जातिको मुद्दा चाँढै फत्ते होस् भन्ने कामना समेत गरेको गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाले जानकारी दिएका छन् गोरामुमो अध्यक्ष मन घिसिङले, संस्थापक अध्यक्ष सुबास घिसिङले लक्ष्य प्राप्तिको निम्ति आजको दिन यहाँ पूजा अर्चना गरेर गोर्खाल्याण्ड प्राप्तिको निम्ति सङ्कल्प गरेका थिए । गोर्खाल्याण्ड हाम्रो लक्ष्य हो लक्ष्यमा हामी अडिग छौं। जाति र माटोको उन्मुक्तिको निम्ति गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले निरन्तर कार्य गरिरहेको छ। भारत सरकारलाई हामीले जनाउनु पर्ने बताउनु पर्ने सबै गरिसकेका छौं। अब भारत सरकारले मुख खोल्नु पर्छ गोर्खा जातिले जाति र माटोको उन्मुक्तिको निम्ति बिजेपी सरकारलाई सघाएको हो। अब चाँढै खुशीको खबर सुन्न पाउँ र भारत सरकारले अब मुख खोल्नु पर्ने   बताए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान