सिलगढ़ीका भाजपा विधायक शंकर घोषले सिलगढ़ी मेट्रो पोलिटन पुलिसलाई लेखेको पत्रले यहाँ धेरै राजनैतिक चलखेलहरू देखा पर्न थालेको अनुभव गरिरहेको बताउँदै गोर्खा जनमुक्ति युवा मोर्चाले एउटा बिधायक जस्तो गरिमामय पदमा बसेर यस्तो गैर जिम्मेवारी बयान दिनु कतै जानीबुझि गोर्खाहरूलाई उस्काउने प्रयास त होइन ? भन्ने प्रश्न गरेको छ।
गोर्खा जनमुक्ति युवा मोर्चा यस घटनामा पीडितहरूप्रति सहानुभूति संगै उनीहरूको साथ अनि समर्थनमा रहेको बताउँदै घटनामा संलग्न ब्यक्ति विशेषहरूले कानूनी सजाय पाएको हुनुपर्छ भन्नको साथै यस घटना बारे बाहिरबाट हेरिरहेको बताएको छ।
गोर्खा जनमुक्ति युवा मोर्चाका अध्यक्ष नोमन राईले, कृपया उक्त घटनालाई लिएर कसैले पनि राजनीतिकरण नगरिदिने आग्रह गरेका छन्। यदि कसैले पनि राजनीतिकरण गर्छ अनि भविष्यमा गएर उक्त घटनाले साम्प्रदायिक हिंसा निम्त्याउँछ भने यसको सम्पूर्ण जिम्मेवारी ती राजनीति गर्ने राजनैतिक दल जिम्मेवार रहने बताएका छन्।
