GNLF Shivkhola support programme
GNLF Shivkhola support programme

शिवखोलामा गोरामुमोको समर्थन कार्यक्रम, १५० घर पार्टीमा सामेल

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत शिवखोला शाखामा आयोजित समर्थन कार्यक्रममा विभिन्न क्षेत्रका १५० घरपरिवार गोरामुमोमा सामेल भएका छन्। जे. एस. लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिमिटार, तीनधारे चियाबारी, तीनधारे गोलाई, चुनभट्टी गोलाई तथा नयाँ कमान क्षेत्रका परिवारहरूले पार्टीप्रति समर्थन जनाउँदै सदस्यता ग्रहण गरेका हुन्। कार्यक्रममा नवप्रवेशी सदस्यहरूलाई गोर्खा राष्ट्रिय नारी संगठनका प्रतिनिधिहरूले खादा ओढाएर स्वागत तथा शुभकामना व्यक्त गरेका थिए। यस अवसरमा बोल्दै गोरामुमोका वरिष्ठ नेता महेन्द्र छेत्रीले गोर्खा समुदाय एकजुट भएर आफ्नो अधिकार र पहिचानको संरक्षणका लागि अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले गोर्खा जातिको दीर्घकालीन आकांक्षा तथा संवैधानिक अधिकार सुनिश्चित गर्ने दिशामा सामूहिक प्रयास आवश्यक रहेको बताए। छेत्रीले गोर्खा समुदायको भविष्य सुरक्षित गर्न व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर साझा लक्ष्यतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे। उनले स्वर्गीय सुवास घिसिङले देखाएको सपना साकार पार्न अहिलेको समय उपयुक्त रहेको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। समर्थन कार्यक्रममा खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, वरिष्ठ नेता महेन्द्र छेत्री, ए. के. देवान, तराई–सुकुना क्षेत्रका संयोजक नितिन छेत्री, प्रचार–प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री, गोरायुमो खर्साङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्री, एचपीडब्ल्यु खर्साङ ब्राञ्च कमिटी अध्यक्ष अदिप राई, महासचिव बिरेन्द्र छेत्री, गोर्खा राष्ट्रिय नारी संगठनकी केन्द्रीय उपाध्यक्ष कमला राई, अमृता थापालगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
शिवखोलामा गोरामुमोको समर्थन कार्यक्रम, १५० घर पार्टीमा सामेल

शिवखोलामा गोरामुमोको समर्थन कार्यक्रम, १५० घर पार्टीमा सामेल

बंगालमा आयुष्मान भारत र प्रम जन आरोग्य योजना कार्यान्वयनमा आभार

बंगालमा आयुष्मान भारत र प्रम जन आरोग्य योजना कार्यान्वयनमा आभार

बिहारको एमएलसी चुनावमा उम्मेदवारहरूको शपथपत्रका मुख्य बुँदाहरू

बिहारको एमएलसी चुनावमा उम्मेदवारहरूको शपथपत्रका मुख्य बुँदाहरू

ममताको ‘लंका’ ध्वस्त पार्ने काकोली घोष अनि रीताब्रत बनर्जी को हुन्

ममताको ‘लंका’ ध्वस्त पार्ने काकोली घोष अनि रीताब्रत बनर्जी को हुन्

उत्तर सिक्किममा भाजपाको लागि एक महत्वपूर्ण राजनीतिक विकासक्रम

उत्तर सिक्किममा भाजपाको लागि एक महत्वपूर्ण राजनीतिक विकासक्रम

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न सरकारको अग्रसरता

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न सरकारको अग्रसरता

आईपीएस अधिकारी दावा शेर्पाको निधनले मर्माहत : डा. दिवाकर प्रधान

आईपीएस अधिकारी दावा शेर्पाको निधनले मर्माहत : डा. दिवाकर प्रधान

सरकारद्वारा उज्ज्वला अन्तर्गत अनुदानित सिलिन्डर ९ बाट घटाई भयो ४ 

सरकारद्वारा उज्ज्वला अन्तर्गत अनुदानित सिलिन्डर ९ बाट घटाई भयो ४ 

देन्ताम विद्युतीय घरेलु समाधान” मा एक व्यापक प्रशिक्षण कार्यक्रम सम्पन्न

देन्ताम विद्युतीय घरेलु समाधान” मा एक व्यापक प्रशिक्षण कार्यक्रम सम्पन्न

दिल्ली-कोलकाता, दुवै ठाउँमा तृणमूल कांग्रेसको पार्टी कार्यालय उड्ने

दिल्ली-कोलकाता, दुवै ठाउँमा तृणमूल कांग्रेसको पार्टी कार्यालय उड्ने

आजको रोजाइ