तीनधारेको भानु ग्राम क्षेत्रमा रहेका मैलाहरु घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाई गरिएको छ। केही दिन अघि पानी झरीको कारणले गर्दा माथिल्लो गाउँबाट मैलाहरु बगाएर तलतिर ल्याएको थियो जुन मैलाहरु विषयमा स्थानीय दिपक प्रधानले मिडियामा दिएपछि घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानको अगुवाईमा सर सफाई गरिएको छ। पञ्चायतको तर्फबाट सर सफाई कार्यपछि पत्रकारहरुलाई सम्बोधन गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानले पञ्चायतको तर्फबाट गाउँ घर सर सफाई चलिरहेको तर यसरी गाउँ घरकै मानिसहरुले मैला जताभावी फ्याँकेको करणले मैलाहरु बगाएर अर्काको घरतिर लगेको बताइन्। उनले पञ्चायतको तर्फबाट मेलाहरु उठाउन परिवेश बन्धुहरुको टिम बनिन्दैछ र अब घर घरबाट मैला उठाउने कार्य गरिने बताएका छन्। उनले अब मैला उठाउन प्रत्येक घरबाट 30 रुपियाँ गरेर संकलन गरिने भएको बताउँदै नदिनेलाई पञ्चायतबाट कुनै सहुलियत प्रदान नगरिने बताएका छन्।
