बिहान-बेलुका फोहोर-मैला उठइएको खण्डमा असल रहने नगरवासीको सुझाउ

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने कार्य भइरहेको छ। खरसाङ शहरी क्षेत्रमा आइतवार बाहेक प्रत्येक दिन नगरपालिका कर्मचारीहरू फोहोर-मैला उठाउन आउने गरेका छन्‌‍ भने नगरदेखि बाहिरका वार्डहरूमा हप्तामा तीन अथवा दुई पल्ट फोहोर-मैला उठाउनलाई कर्मचारीहरू आउने गरेका नगरवासीले बताएका छन्‌‍। नगरपालिका कर्मचारीहरू फोहोर-मैला उठाउनलाई अधिक बिहान आउने गरेकाले र अधिक बिहान उठ्न गाह्रो हुने भएको कतिपय नगरवासीको गुनासो छ। यसरी अधिक बिहान उठ्न गाह्रो भएकोले नगरवासीले आफ्नो घर वा दोकानबाट निस्किएको फोहोर-मैला अघिल्लो रात कुनै निर्दिष्ट स्थानमा राखिदिने गरेका छन्‌‍। नगरवासीले यसरी फोहोर-मैला विभिन्न स्थानमा राखिदिने गरेकाले रातिको समयमा खरसाङ शहर लगायत विभिन्न वार्डहरूमा फोहोर-मैलाको थुपारिएको देखिने गरिन्छ। बिहान नगरपालिका कर्मचारीहरूले उठाएर लैजाउन्‌‍ भनी राखिएको फोहोर-मैलामा भुस्याहा कुकुरहरूले खानेकुरो खोजर छरपस्ट पारिदिने गरेको पनि कतिपय समयमा देखिएको छ। रातिको समयमा कुकुरहरूले फोहोर-मैलामा खानेकुरो खोजेर छरपस्ट पारिदिने गरेकाले कतिपय मानिसहरूले अग्लो स्थानमा फोहोर-मैला राखिदिने गरेका छन्‌‍। बिहान नगरपालिका कर्मचारीहरू आएर लैजाउन्‌‍ भनी राखिएको फोहोर-मैला उठाउन कुनै कारणवश नगरपालिका कर्मचारी नआएको खण्डमा दिभरमा फोहोर-मैला छरिएर समस्या सृजना हुने गरेको पाइएको छ। यसैले कतिपय नगरवासीले फोहोर-मैला घर-आँगनबाट उठाउनको निम्ति बिहान अनि बेलुका दुई पल्ट नगरपालिका कर्मचारीहरू पालैसित खटाइएको खण्डमा असल रहने सुझाउ दिएका छन्‌‍। यसरी बिहान अनि बेलुका फोहोर-मैला उठाउन कर्मचारीहरू खटाइएको खण्डमा शहर अनि विभिन्न वार्डमा रातिको समयमा फोहोर-मैला राख्ने प्रथा हटेर जाने मानिसहरूको मत छ। तथापि कतिपय नगरपालिका कर्मचारीले बताए अनुसार अधिक बिहान फोहोर-मैला उठाइएको कारण शहरमा यान-वाहनको बाक्लो चलाचल शुरु हुन अघि नै फोहोर-मैलाको कार्य सिद्ध्याइको हो। बिहान 8 बजेदेखि शहरमा यान-वाहनको चलाचल बाक्लो रहने भएकोले फोहोर-मैला उठाउने काम गर्न सम्भव हुँदैन। फोहोर-मैला उठाएर बाहिर लैजानको निम्ति गाड़ीमा लोड गर्न पर्ने हुन्छ, यातायत बाक्लो भएपछि यसरी जहाँसुकै गाड़ी रोकेर राख्न सकिन्दैन। यसरी नै राति 8 बजेसम्म शहरमा यान-वाहनको चलाचल बाक्लो रहने भएकोले रातिको समयमा फोहोर-मैला उठाउन समस्या हुन सक्छ।


Share this news
आजको रोजाइ
जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

गिद्ध पहाड़स्थित भ्यु पोइन्ट नजिक आज बिहान एउटा चितुवा मृत अवस्थामा फेला

गिद्ध पहाड़स्थित भ्यु पोइन्ट नजिक आज बिहान एउटा चितुवा मृत अवस्थामा फेला

सिटोङमा भयानक वाहन दुर्घटनाप्रति खरसाङ बन्यो दुःखित

सिटोङमा भयानक वाहन दुर्घटनाप्रति खरसाङ बन्यो दुःखित

बिहान-बेलुका फोहोर-मैला उठइएको खण्डमा असल रहने नगरवासीको सुझाउ

बिहान-बेलुका फोहोर-मैला उठइएको खण्डमा असल रहने नगरवासीको सुझाउ

राशन कार्ड धमाधम निष्क्रिय भएपछि आधार केन्द्रमा भीड़

राशन कार्ड धमाधम निष्क्रिय भएपछि आधार केन्द्रमा भीड़

आजको रोजाइ