Kurseong College's 59th Foundation Day concluded

खरसाङ महाविद्यालयको 59 औं स्थापना दिवस सम्पन्न

Share this news

खरसाङ महाविद्यालयको 59 औं स्थापना दिवस समारोह साथै स्वर्ण जयन्ती समारोह शैक्षिक भवनको उद्घाटन समारोह आइतबार गरिएको थियो। महाविद्यालय सञ्चालन समितिका सभापति एवं वरिष्ठ साहित्यकार डा. जस योञ्जन प्यासीको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको शुरुमा डा. प्यासी र जीटीएको प्रमुखको बाहुलीबाट रिबन काटेर खरसाङ महाविद्यालयको नयाँ भवनको उदघाटन गरिएको थियो।‌ त्यसपछि कार्यक्रममा खरसाङ महाविद्यालयको संस्थापकहरु क्रमैले पीटी लामा, डीबी छेत्री र डीएन प्रधानको तस्वीरमा पुष्पार्पण साथै धुप दीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। प्राध्यापक डा सपन प्रधानले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण प्राध्यापक गंगाप्रसाद शर्माले राखेका थिए। कार्यक्रममा स्वागत नृत्यको रुपमा मारुनी नृत्य प्रस्तुत गरिएको थियो‌। कार्यक्रममा खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बलले महाविद्यालयको वार्षिक रिपोर्ट प्रस्तुत गरेका थिए‌। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीएको मुख्य सल्लाहकार अमर लामा, सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा, क्षेत्रीय सभासद श्याम शेर्पा, डा. अनुराधा राई, वरिष्ठ पत्रकार केशव प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान