भूतपूर्व सैनिक कल्याण संगठन साैरेनीकाे निजी भवन निर्माण कार्यकाे शिलान्यास बिहीबार साैरेनीमा भयाे। गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले भवन निर्माण कार्यकाे शिलान्यास गरे। यस अवसरमा जीटीएका सभासदहरू अरूण सिग्ची, मिलेस राई ,धुर्ब बम्जन, जनसम्पर्क अधिकारी विवेक गाेले, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, भागाेप्रमाे केन्द्रीय महासचिव अमर लामा, मिरिक पन्चायत समिति सदस्य समीर राई, ग्राम पन्चायत प्रधान अनिता राई आदि उपस्थित थिए।
