दार्जीलिङको लोयड बोटानिकल गार्डनमा वन महोत्सव पालन गरियो। लोयड बोटानिकल गार्डन रेञ्जका रेञ्ज अफिसर जयराज भुजेल, डेप्युटी रेञ्ज अफिसर फरेस्टर ललित कुमार तिवारीको उपस्थितिमा पालन गरिएको कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, विद्यार्थीहरू, गैर-सरकारी संस्थाका पदाधिकारीहरूले संयुक्तरुपमा बृक्ष रोपण कार्य गरे। स्मरण रहोस् अहिले राज्यभरी वन महोत्सव पालन भइरहेको छ। त्यसैक्रममा बोटानिकल गार्डनमा पनि यो महोत्सव पालन गरिएको हो। कार्यक्रममा डिभिजनका सम्पूर्ण कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। जसलाई डिभिजनकी बडीआमा पूर्णिमा सिंहले नेतृत्व गरेकी थिइन्। कार्यक्रममा रेञ्ज अफिसर भुजेल, डेप्युटी रेञ्ज अफिसर तिवारीले बृक्ष रोपण कार्य अनि यसको महत्वबारे जानकारी गराएका थिए।
