मिरिकमा लगतार परिरहेको पानीले निर्मणाधीन मिरिक सरकारी अस्पताल नगीचमा रहेको कतिपय घरहरू पैह्रोको जोखिममा परेको छ। हाल मिरिक महकुमा अस्पतालको निर्माण कार्य धमाधम भइरहेको कारण छेउछाउका कतिपय घरहरू पैह्रोको जोखिममा रहेपछि ती घरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिइएको छ। उक्त क्षेत्रको स्थलगत भ्रमण मिरिक महकुमा शासक तेन्जी सिमकी ओगेन, जीटीए स्वास्थ अनि जनकल्याण विभागका कार्यकारी सभासद अरूण सिग्ची, सभासद मिलेस राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गरेपछि पैह्रो रोकथामको लागि तारपोलिन प्रदान गरेका छन् भने घरलाई सुरक्षित राख्न सबै प्रकारको उपाय लगाउने आश्वसन दिएका छन्।
