मादरीहाटका ब्लकका अध्यक्ष जयप्रकाश टोप्पोले आफ्नो टोलीसहित मादरीहाट गाउँ पंचायतको बाढी पीडित होलङ बस्तीमा राहत वितरण गरे। यसका साथै घर घर गई सबैसँग कुरा गरे। यसक्रममा नदी कटानको निरीक्षणपछि मादरिहाटको डांगापाडामा अकाल निधन भएका युवा प्रकाश शील र बस स्ट्यान्डका नाग बाबुको घरमा गएर समवेदना व्यक्त गर्नु साथै आगामी दिनहरूमा साथ दिने प्रतिबद्धता जनाए।
