यसबर्ष मिरिकको आले खेल मैदानमा जीटीए स्तरीय स्वतन्त्रता दिवस पालन गरिने तयारी पूरा भइसकेको अनि कार्यक्रममा सबैलाई सहभागी भइदिने अनुरोध आयोजक समितका अध्यक्ष एलबी राई अनि महासचिव अरूण सिग्चीले बताए। द्वयले स्वतन्त्रता दिवस कार्यक्रमको अध्यक्षता मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गर्ने अनि कार्यक्रमका मुख्य अतिथि जीटीएका प्रमुख कार्यपाल अनित थापा रहने बताए। कार्यक्रममा मार्चपाष्ट, ड्रील, ब्याण्ड डिस्सप्ले, नृत्य, पिलो फाइट, डोरी तान्ने प्रतियोगिता साथै मिरिक गौरव सम्मान कार्यक्रम समावेश गरिएको छ। .सरी नै पुरूष अनि महिला वर्गको अन्तर विद्यालय फूटबल प्रतियोगिताको फाइनल खेल पनि मुख्य आकर्षण बन्नेछ। यता आले खेल मैदानलाई पनि हाल सुव्यवस्थित बनाउन मैदानमा बालुवा ओछ्याउने अनि रोलर कुदाउने कार्य समेत भइरहेको छ।
