एफआईजी-को सदस्यहरू भर्मिक मलको पुबोङमा

Share this news

मजुवा, 9 दिसम्बर(निसं): हातेमालो एफआईजी-को सदस्यहरू भर्मिक कम्पोष्ट मलको निम्ति पुबोङ आलुबारी पुगेका थिए।  मजुवा ग्राम अन्तर्गत हातेमालो एफआईजीका सदस्यहरू भर्मिक कम्पोष्ट मल बनाउने तर्खर गर्दै मल बनाउने तयतरिका बुझ्न हातेमालो एफआईजीका सभापति मोहन राई, सचिव विकास राई लगायत अन्य सदस्यहरू भर्मिक कम्पोष्ट निर्माण गर्ने तरिका र गन्याउलाको निम्ति आस बहादुर राईको फार्म पुबोङ आलुबारीको भ्रमण गर्न पुगेका थिए। उनिहरूले गन्याउलाको साथमा लगभग 6 सय केजी भर्मिक कम्पोष्ट मल पनि किनेर  ल्याएको थाहा लागेको छ। जैविक खेती सम्बन्धमा एफआईजी-का सभापति मोहन राईले भने, हामीले धेरै अघिदेखि नै जैविक रूपमा खेतिपाती गर्दै आइरहेका छौं तथापि जैविक रूपमा गरिएको खेतिपातीको लागि भर्मिक कम्पोष्ट मल नितान्त अवश्यक रहेको ले पनि हामी यहाँको भ्रमणमा आएको बताउदै अघि भने, हाम्रो मजुवा ग्राम पञ्चायतको पहलमा अर्गेनिक क्षेत्र घोषितको निम्ति काम भइरहेको छ।  यदि अर्गेनिक क्षेत्र घोषित भएको खण्डमा हाम्रो कृषकहरूलाई धेरै फायदा पुग्ने उनले बिचार व्यक्त गरेको छ।
स्मरण रहोस, मजुवा ग्राम पञ्चायत अन्तर्गत माथिल्लो भेगका कतिपय कृषकहरूले विगत केही वर्ष अघिदेखि नै जैविक रूपमा खेति गर्दै आइरहेको छ भने उनिहरूले गन्याउला लिएर आफै भर्मिक कम्पोष्ट मल बनाउने तर्खरमा रहेको छ। हातेमालो एफआईजीको गठन गरेर विभाग तथा सरकारसँग तालमेल राखेर काम गरिरहेको पनि एफआईजीका सभापति राईले बताए।


Share this news
आजको रोजाइ
कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

गिद्ध पहाड़स्थित भ्यु पोइन्ट नजिक आज बिहान एउटा चितुवा मृत अवस्थामा फेला

गिद्ध पहाड़स्थित भ्यु पोइन्ट नजिक आज बिहान एउटा चितुवा मृत अवस्थामा फेला

सिटोङमा भयानक वाहन दुर्घटनाप्रति खरसाङ बन्यो दुःखित

सिटोङमा भयानक वाहन दुर्घटनाप्रति खरसाङ बन्यो दुःखित

बिहान-बेलुका फोहोर-मैला उठइएको खण्डमा असल रहने नगरवासीको सुझाउ

बिहान-बेलुका फोहोर-मैला उठइएको खण्डमा असल रहने नगरवासीको सुझाउ

राशन कार्ड धमाधम निष्क्रिय भएपछि आधार केन्द्रमा भीड़

राशन कार्ड धमाधम निष्क्रिय भएपछि आधार केन्द्रमा भीड़

खरसाङ शहर नजिक रहेका दुईवटा खोला प्रदुषण मुक्त राख्नको निम्ति पहलको आवश्यकता

खरसाङ शहर नजिक रहेका दुईवटा खोला प्रदुषण मुक्त राख्नको निम्ति पहलको आवश्यकता

आजको रोजाइ