बाँदरको उपद्रवले रिम्बिक-लोधोमाका कृषकहरु हैरान

Share this news

रिम्बिक,20  जून(निसं): रिम्बिक-लोधोमा क्षेत्र कृषिको निम्ति परिचित स्थल भएपनि हाल यो क्षेत्रमा बाँदरहरुको उपद्रवले कृषि व्यवसायमा रहेका कृषकहरु हैरान भएका छन्। स्थानीय कृषकहरुको भनाइ अनुसार, यहाँ अधिकांश मानिसहरु कृषि गर्छन्। आलु, इस्कुस , मकैसहित साग-सब्जीहरु प्रचुर मात्रामा उत्पादन हुने गर्छ। बर्षको यो समय मकैको बाली उठाउइने गरिन्छ। तर बढ्दो बाँदरको रगरगीका कारण कृषकहरु दिक्क बनेका छन्। हुलका हुल बाँदरहरु खेतमा पस्ने भएकाले सम्पुर्ण बाली नष्ट भइरहेको छ। यस्तोमा कतिपय कृषकहरुले बन बिभागतिर गुहार लगाइरहेका छन्। स्थानीयहरु दिनदिनै कृषि व्यवसायबाट बिमुख बनिरहेको अवस्थामा यसरी बन्य जन्तुहरुको उपद्रवका कारण कृषकहरुमा निराशाजनक प्रभाव परिरहेको छ। एक स्थानीय कृषकले बताए अनुसार, बाली तयार हुन नपाई बाँदर, दुम्सी, मृग लगायतका वन्य जन्तु लाग्ने गरेको छ जस कारण फसल पुर्ण रुप बर्बाद भइरहेको छ। यस्तोमा स्थानीयहरुले अनेक उपायहरु लगाईरहेका छन् तैपनि बदमासी नियन्त्रण भने भइरहेको छैन।
स्थानीय कृषकहरुले विभाग अनि क्षेत्रीय प्रशासनलाई यस प्रकारको वन्यजन्तुको उपद्रवदेखि सुरक्षा गरिदिने अनुरोध गरेका छन्।यस्ता फसल नष्ट गरिदिने वन्यजन्तुहरुको रगरगीलाई रोकथामको निम्ति पनि कृषकहरुले अनुरोध गरेका छन्।

Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान