Farmers planting rice while observing the Dahi-Chiura eating festival

दही-चिउरा खाने पर्व पालन गर्दै धान रोप्दै कृषकहरु

Share this news

बिजनबारी,30 (निसं): असार पन्ध्र, कृषि अनि जीवनसित सम्बन्धित मानिसहरुको विशेष दिनको पर्व हो। यो दिन धान रोपाइ गरी दही र चिउरा खाएर कृषि पर्वको रूपमा मनाइने चलन छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ। यद्यपि  दैनिक रूपमा शुरु भएको आधुनिकताले यो विषेश महत्व बोकेको मौलिक पहिचान मानिने पर्व, असारे भाका र संस्कृति भने दैनिक रूपमा लोप  भइरहेको छ । 90 को दशकसम्म बेठी चलन  समेत चर्चा पाउने दार्जीलिङ-पुलबजार खण्डको ग्रामीण भेगका फाँट र खेतहरुमा संस्कृतिको खासै गुञ्जायस र गन्ध पनि अहिले आउँदैनन् । यसपालीको असारमा रोपाहार दिदीबहिनीहरुले कतैकतै लोप हुनै लागेको असारे गीत कनिकुथी जानीनजानी गाउँदै धान रापाईँमा व्यस्त रहे त कतै आधुनिक चल्तीका मात्र गित सुनिए । तर, वास्तविक असारे गीत र संस्कृति झल्काउने भाका गुञ्जिएको कतै सुनिएनन् । असारको महत्व घट्दै गएको हाम्रो समाजमा रोपाईँ पर्व मात्रै रोपाइको निरन्तरताको लागि सिमित भइरहेको छ स्थानीय मानिसहरु बताउछन् ।
स्थानीय मानिसहरुले बताए अनुसार, असार 15 को दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन । यसरी गीत गाउँदै हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउछ भने चर्मरोग पनि निको हुन जनविश्वास रहेको छ । रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र केराको खाजा खाने यसको अर्को छुट्टै महत्त्व छ। हाम्रो समाजको पूर्वीय परिकार दही चिउरा असार 15 मा खानको विशेष महत्त्व बोकेको छ। असार महिनामै बर्षको सबैभन्दा लामो दिन पर्ने भएकोले हिलोमा गाइने असारे गीतले समाजमा आजदेखि दिन छोटा र रात लामा हुने दिनहरू शुरुवात हुनेमा केहि जनबिश्वास गरिन्छ ।  यसैबीच स्थानीय किसानहरुका अनुसार कृषकहरुको दिनचर्या अनि व्यस्ततालाई चिनाउने खालका मौलिक संकृतिभित्रको एउटा पाटोको रुपमा असारे गीतलाई लिने गरिन्छ । तैपनि पछिल्लो समयमा यसको अस्थित्व संकटमा परेकोमा यहाँका संस्कृतिकमी र बुद्धिजिवीहरुका लागी चिन्ताको विषय बनेको उनीहरूको तर्फ छ । आधुनिकताको मारमा तथा युवावर्गहरु धान खेतीलाई चासो देखाउन छाडेसगै अन्य संस्कृति परेसरह असारे गीत तथा धान रोपाइ पनि संकटमा परेको सचेत जन बताउँछन्।

Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार