कालेबुङको मेला ग्राउन्डमा 79 औं स्वतन्त्रता दिवस समारोह भव्यताको साथमा आयोजना गरिएको थियो। उक्त समारोहको अध्यक्षता आयोजक समितिको सभापति बारूद थापाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा कालेबुङका विधायक रुदेन सादा लेप्चा उपस्थित रहेका थिए। जसले राष्ट्रिय झण्डा उत्तोलन गरेका थिए अनि सलामी ग्रहण गरेका थिए।
कार्यक्रममा कालेबुङका 14 वटा विद्यालयहरुले सहभागिता जनाएका थिए। यसक्रममा मार्चपास्ट वा ड्रिल प्रदर्शनमा प्रणामी बालिका विद्यालय प्रथम, एसयुएमआइ दोस्रो अनि सेन्ट फिलोमिना गर्ल्स स्कूल तेस्रो भए। उक्त समारोह हेर्न सधैं जस्तै दर्शकहरूको ठूलो घुइँचो लागेको थियो। गर्मी धेरै थियो। यद्यपि मानिसहरूले स्वतन्त्रता दिवस समारोहको आनन्द लिएको चन्द्रकला राईले जानकारी दिएकी छन्।
