पोख्रेबोङ मेफेयर फ्लोरिकल्चर सोसाइटीको आयोजनामा पोख्रेबोङ सार्वजनिक भवनमा भएकाे दुई दिवसीय गोदावरी फुल प्रदर्शनीकाे समापन बुधबार भयाे। मेला अवधिभर विभिन्न किसिमका गोदावरी फूलको प्रदर्शनीका साथै प्रतिस्पर्धात्मक प्रदर्शनी कार्यक्रम समेत राखिएको थियाे भने अन्तिम दिन फूलहरू बिक्री पनि गरियाे। तिहारकाे बेला गरिएकाे उक्त प्रदर्शनी अनि विक्रीमा मानिसहरूकाे व्यापक सहभागिता रहेकाे थियाे भने फूलकाे विक्री पनि उत्साह जनक भएकाे आयाेजक समितिले बताएकाे छ। मेला आयोजक समितिका अध्यक्ष धुर्व रावत अनि सचिव सुजित थापाले उक्त प्रदर्शनी प्रतियोगितामा पनि राखिएकाे जसमा प्रतियोगितामा पहिलाे पुरस्कार . ८,००० रूपियाँ, दोस्राे पुरस्कार: ५,००० रूपियाँ, तेस्राे पुरस्कार. ३,००० रूपियाँ अनि सान्त्वना पुरस्कार १,००० रूपियाँ प्रदान गरिएकाे बताए। उनीहरूले स्थानीय फूल उत्पादमहरूलाई प्राेत्सहान प्रदान गर्न उक्त पुष्प प्रदर्शनीकाे आयाेजना गरिएकाे बताए।
