तकदाह इञ्जिनियरिङ कलेज पहाडको गर्वको कुरा हो। इञ्जिनियरिङ-मा थप अध्ययन गर्न अब हाम्रो नानीहरु बाहिर जान परेन। तकदाह छाउनी क्षेत्रमा बुधबार उद्घाटित दार्जीलिङ हिल इन्सिट्युट अफ टेक्नोलजी एण्ड म्यानेजमेण्ट (डीएचआइटीएम)- तथा इञ्जिनियरिङ कलेजबारे मिडिया संवादमा जीटीए कार्यपाल अनित थापाले यस्तो मत प्रकट गरेका हुन्। यो शैक्षिक संस्थानलाई पहाडको सम्पत्ति बताउँदै उनले यसमा ३१ प्रतिशत सीट जीटीए क्षेत्रको लागि आवण्टन गर्नसँगै सरकारी सुलभ मूल्यमा पठन गर्न सकिने थप जनाएका छन्।
