लागूऔषध दुर्व्यसनबाट ग्रसित युवालाई नयाँ जीवन दिने उद्देश्यले मिरिक थाना लाइनका एक युवालाई दुधे स्थित सुधार केन्द्रमा भर्ना गराइएको छ। आर्थिक अभावका कारण उपचारमा समस्या आइरहेको अवस्थामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक टाउन कमिटि युवाशक्ति अध्यक्ष्य आशिष तामाङ ,उपअधक्ष्य आलोक गुरुङ अनि दावा तामांगको पहलमा उक्त युवकलाई निःशुल्क पुनःस्थापन केन्द्रमा पठाइएको जानकारी छ। आशिष् तामाङले उक्त कार्यलाई निरन्तरता दिने जानकारी गराँउदै कुलतमा फसेर पनि राम्राे मार्गमा हिड्न चहाने निम्नवर्गकाहरूलाई युवा शक्तिले सुधार केन्द्रमा पठाँउने कार्य गरिरहनेछ भने।
