विशिष्ट हास्य-ब्यङ्ग्यकार कृष्ण प्रधानद्वारा लिखित, कृष्ण बस्नेतद्वारा निर्देशित अनि कृष्ण गुरूङ र अन्य कलाकारहरूद्वारा अभिनीत नाटक डङ्कुटी डङ्कुटी डङ् डङ् डङ् मञ्चन गरिने भएको छ। उक्त नाटकमा सङ्गीत यूजेन लामाद्वारा सृजना गरिएको छ। सिलगढीमा नेपाली नाटक मञ्चन निरन्तरताको अभावलाई पूर्ण गर्न 12 वर्षपछि पृष्ठभूमि कला संस्थानद्वारा 2018 मा नाटक गलती कसको मञ्चन गरेको थियो। त्यसको 6 वर्षपछि सिलगढी नाट्य मेरा 2025 को उपलक्ष्यमा कानेखुशी परिवारद्वारा हास्य-ब्यङ्ग्य नाटक डङ्कुटी डङ्कुटी डङ् डङ् डङ् मञ्चन गरिने भएको छ। उक्त नाटक आगामी 10 सेप्टेम्बर, बुधबार साँझ साडे पाँच बजे दीनवन्धु मञ्चमा हेर्न पाइनेछ।
