प्रोजेक्ट लाइफका संस्थापक डा. सुदर्शन तामाङ केरलाको कार्यक्रममा प्रमुख वक्ताको रुपमा

Share this news

सोनादा ,24 जून(निसं)ःअ सिक्किम विश्‍वविद्यालयका प्राध्यापक तथा प्रोजेक्ट लाइफका संस्थापक डा. सुदर्शन तामाङले केरलाको त्रिशूरमा आयोजित टेड्स पुनकुनाम थ्रिसुर कार्यक्रममा प्रमुख वक्ताको रूपमा उपस्थित भई मन्तव्य दिएका छन्। विश्‍व प्रसिद्ध टेड्स कार्यक्रम अन्तर्गत आयोजित यो कार्यक्रममा उनले जटिल र छिटो बदलिँदो विश्‍वमा युवाहरूलाई कसरी भविष्यका लागि तयार पार्ने भन्ने विषयमा आफ्ना विचार प्रस्तुत गरे। उनले जलवायु परिवर्तन, युद्ध, प्रविधिमा तीव्र परिवर्तन, र रोजगारीमा आउने नयाँ चुनौतीहरूको चर्चा गर्दै, भविष्यप्रतिको तयारीमा शिक्षा र मूल्यहरूको महत्त्वबारे गहिरो सन्देश दिएका थिए। डा. तामाङले स्थापना गरेको प्रोजेक्ट लाइफ हाल दार्जिलिङ, सिक्किम, कालेबुङ तथा उत्तर बंगालका पहाड़ी क्षेत्रमा सक्रिय छ। स्वास्थ्य र सामूहिक शारीरिक गतिविधिका माध्यमबाट समुदायलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने यो अभियानले युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म धावन प्रतियोगितामा समेत पुग्न सफल बनाइरहेको छ। उनको यो उपलब्धिप्रति प्रोजेक्ट लाइफका संयोजक बिक्रम थापाले भने, यो हाम्रो सम्पूर्ण पहाड़ी समाजका लागि गर्वको क्षण हो। डा. तामाङले देखाइदिएका छन् कि दुर्गम गाउँबाट पनि विश्‍व मञ्चमा पुग्न सकिन्छ। यो हाम्रो युवा पुस्तालाई थप प्रेरणा दिनेछ।कार्यक्रमको अन्त्यमा डा तामाङले यो मन्तव्य आफ्ना विद्यार्थी र हिमाली क्षेत्रका युवाहरूलाई समर्पण गर्दै भने, यो सन्देश सबै ती सपना देख्ने युवाहरूका लागि हो, जो आफूलाई विश्‍वास गर्न डराउँदैनन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न