डिभाइन् थियोलोजिकल ओपन् युनिभर्सिटीका कुलपति एवं नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची, दक्षिण सिक्किमका संस्थापक/संरक्षक डा. एम. के राईलाई छत्रबहादुर बस्नेत समाज सेवा सम्मान प्रदान गरिने भएको छ। आगामी २३ अगस्त २०२५ शनिवारको दिन त्रिफला राष्ट्रिय पुस्तकालय मेचीनगर-१०, धुलाबारी नेपालको तत्वावधानमा आयोजना गरिएको मोती जयन्ती, पुस्तकालय दिवस समारोहमा, उक्त सम्मानद्वारा सम्मानित गरिने भएको जानकारी पाइएको छ।
