सुन्तलामा झीङ्गाको आक्रमण रोक्न कीटनाशक वितरण

Share this news

भौगोलिक दृष्टिकोणले कृषि अनि वागवानीको लागि उपयुक्त मानिने मिरिक बस्तीका सुन्तला कृषकहरूलाई सुन्तलामा झीङ्गा कीराको आक्रमणलाई रोक्न आवश्यक सामग्री जीटीए कृषि विभाग मार्फत वितरण गरिएको छ। उक्त सामग्री कृषकहरूलाई मंगलबार जीटीए कृषि एवं वागवानी विभागका एमओडी सभासद मिलेस राई अनि मिरिक कृषि विभागका सह निर्देशिका श्रीमती विभूति रिजालको बाहुलीबाट वितरण गरियो। यस अवसरमा बोल्दै सभासद राईले मिरिक बस्तीका अधिकांश कृषकहरूले सुन्तला खेती गर्ने गरेको अनि हाल सुन्तलामा दाना लाग्न थालेकोले झीङ्गा कीराको आक्रमणले दानालाई क्षति गर्ने हुनाले सुन्तलाको दाना अनि बोटलाई सुरक्षित राख्न आवश्यक सामग्री साथै कीटनाशक वितरण गरिएको बताए। यता आवश्यक सामग्री प्रदान गरिदिएकामा स्थानीय कृषकहरूले हर्ष प्रकट गर्दै सभासद मिलेस राई अनि विभागीय अधिकारीहरूप्रति आभार प्रकट गरेका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान