लागुऔषधी दुरुपयोग तथा अवैध कारोबार नियन्त्रणसम्बन्धी छलफल बैठक

Share this news

मङ्गन जिल्लाअन्तर्गत जिल्ला प्रशासनिक केन्द्रमा आज जिल्लास्तरीय एनसीओआरडी समितिद्वारा लागुऔषधी दुरुपयोग तथा अवैध कारोबार नियन्त्रणसम्बन्धी छलफल बैठक सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता मङ्गन जिल्लाका अतिरिक्त जिल्लापाल पेमावाङ्छेन नामकार्पाले गरेका थिए। कार्यक्रममा मङ्गनका पुलिस अधीक्षक सोनामदेच्छु भोटिया, अतिरिक्त पुलिस अधीक्षक मणिकुमार तामाङ, मङ्गन महकुमा अधिकारी सन्दीपकुमार, प्रमुख जिल्ला स्वास्थ्य अधिकारी डा. टेम्पो टी. कालिओन तथा एनसीओआरडी समितिका अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा मङ्गन जिल्लाका अतिरिक्त जिल्लापाल पेमावाङ्छेन नामकार्पाले उपस्थित बैठकलाई सम्बोन्धन गर्दै मङ्गन जिल्लाका सम्पूर्ण विभागलाई निर्धारित गतिविधिहरू प्रस्तुत गर्दै राज्य सरकारले लागुऔषधी दुरुपयोग तथा अवैध कारोबार नियन्त्रणका लागि आवश्यक पहलबारे जानकारी गराए। यसअतिरिक्त उनले सम्बन्धित सम्पूर्ण विभाग र राज्यका छवटै जिल्लाका जिल्लापालहरूलाई अवैध कारोबार नियन्त्रणका उपायहरू अपनाउन निर्देशन जारी गरेको पनि जानकारी गराए। यसका साथै नामकर्पाले सम्बन्धित समिति तथा अन्य सरोकारवालाबाट अपेक्षित कार्य योजनामाथि विस्तृत छलफल गर्दै सरकारी कर्मचारीहरूबिच लागुऔषधी दुरुपयोगसम्बन्धी कडा निरीक्षण गर्नु पर्ने आवश्यकतामाथि पनि जोड दिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान