डनबस्कोदेखि मरमा जाने सडक जीर्ण बनेपछि उक्त सडककाे खाल्टा परेकाे अनि अफठ्याराे ठाउँहरूमा हाल सिमेन्टकाे ढलाई लगाउने कार्य भइरहेकाे छ। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईकाे पहलमा हाल सडक मरमति भइरहेकाे छ। यस अवसरमा बाेल्दै सभासद मिलेस राईले यातायातमा देखा परेकाे समस्या समाधान अनि दशैं पर्वलाई ध्यानमा राखेर सडक मरमति हाल भइरहे पनि उक्त सडककाे मरमति विभागीय ताैरमा प्रधानमन्त्री ग्राम सडक याेजना मार्फत चाँडै शुरू गरिने बताए।
