डुवर्सको मदारीहाट पुलिस थाना ठिक अघिपट्टि शुक्रबार राति ८ बजेतिर भएको भयानक सडक दुर्घटनामा एक बाइक चालकको घटनास्थलमै दुखद मृत्यु भएको छ। मृतकको पहिचान मदारीहाटको सुभाष नगर ४ नम्बर निवासी उत्तम क्षेत्री (३८) को रूपमा चिन्हित गरिएको छ। पुलिस स्रोतका अनुसार बाइकमा घर फर्किँदै गर्दा बाटो काट्ने क्रममा एउटा कारले मोटरसाइकललाई जोडले ठक्कर दियो। फलस्वरूप उत्तम क्षेत्री सडकमा पछारिए, ठक्कर यति जोडदार थियो कि उनको घटनास्थलमै मृत्यु भयो। दुर्घटनापछि क्षेत्रमा उत्तेजना सृष्टि भएको थियो। मदारीहाट थानाका पुलिस घटनास्थलमा पुगेर उक्त शवलाई उद्धार गरी अघिल्लो प्रक्रियासहित अनुसन्धानमा जुटेको छ।
