१६ तारीख सेप्टेम्बर २०२५ को दिन लङभ्यू कमानको प्रबन्धक ए पी सिंहले २०% बोनस २० तारीख सेप्टेम्बरसम्म हालिदिने नोटिस दिए पछि आज सम्म डिभीजन १ अनि ३ का स्थायी श्रमिकहरुले २०% बोनस पाइसकेको छन् भने डिभीजन २ को श्रमिकहरूको केवल १०% बोनस मात्र हालिदिएको छ। साथै, तिनै वटा डिभिजनका बिघा श्रमिक साथै स्टाफ – सब स्टाफहरुले अहिले सम्म बोनस पाएका छैनन्। लेबर अफिससँग मिटिङ गरेर मालिक अनि म्यानेजरले २० तारीख सेप्टेम्बर भित्र २०% बोनस एकै किस्तिमा दिने निर्णय भएर पनि आज यहाँ श्रमिकहरु माथि ठूलो धोखा भएको बोध भएको छ। यस विषय २ नम्बर डिभिजनका ७० लङभ्यू कमानकी लडाकु श्रमिक देविका परियारले बताएकी छिन्।
