खरसाङ, (निसं): एनएफ रेलवे इम्प्लोइज युनियन, खरसाङ शाखाका प्रतिनिधिहरूले सोमवार एनएफ रेलवेका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। तिनीहरू दार्जीलिङ भ्रमणमा आएका समय सङ्गठनका खरसाङ शाखाका प्रतिनिधिहरूले भेट गरेको हुन्। यसै अवधि तिनीहरूले एनएफ रेलवेका मुख्य प्रबन्धक चेतन कुमार श्रीवास्वलाई सङ्गठनको पक्षबाट एउटा ज्ञापन पनि चढाका छन्। यसबारे जानकारी दिँदै सङ्गठनको पक्षबाट शाखा सभापति डिमु लेप्चाले बताए अनुसार तिनीहरूले सङ्गठनका शाखा सचिव विशाल मुखिया अनि तिनको नेतृत्वमा रहेको टोलीले एनएफ रेलवेका वरिष्ठ अधिकारीहरूसँग सोमवार भेटघाट गरे औ मुख्य प्रबन्धकलाई एउटा ज्ञापन पनि चढ़ाए। ज्ञापन पत्रमा दार्जीलिङ हिमालयन रेल तथा कर्मचारीहरूको विविध समस्याहरूको बारेमा जानकारी गराउँदै यसको समाधानको निम्ति माग गरिएको छ। लेप्चाले थप जानकारी गराए अनुसार सङ्गठनले गत वर्ष पनि मुख्य प्रबन्धक श्रीवास्वलाई यसरी नै एउटा ज्ञापन चढाएका थिए। फलस्वरूप ती मागहरू मध्ये दुइवटा प्रमुख मागहरू पूरा भएको, जसमा बन्द खरसाङ रेलवे प्रेसका 29 जना कर्मचारीहरूलाई पदोन्नति गरिएको तथा दीर्घ दिनदेखि थाँतीमा रहेको डीएचआरमा कार्यरत 6 जना सफाई कर्मीहरूले अन्य पदमा जाने मौका प्राप्त गर्न सके। जुन पदहरूमा उनीहरूको भविष्यको निम्ति लाभदायक हुनेछ। लेप्चाले यी सङ्गठनका यी मागहरू पूर्ण गरीदिएकोमा साथै यसपल्ट पनि विभागीय अधिकारीहरूले यसरी तिनीहरूसँग भेट गरेर एउटा सौहार्दपूर्ण व्यवहार गरेकोमा मुख्य प्रबन्धक लगायत सबै अधिकारकहरू प्रति सङ्गठनको पक्षबाट आभार व्यक्त गरेकी छन्।











