स्थानीय शिल्पकार तथा मजदुरहरूलाई प्राथमिकता दिइन पर्ने माग

Share this news

धजे बस्ती शिल्पकार एवं मजदुर संगठनले आइतबार आफ्नो सांगठनिक सभा आयोजन गरेको थियो। सभामा संगठनका अध्यक्ष बुद्ध राई, महासचिव नित्यम शिरेलसहित सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो। सभामा विशेषगरी क्षेत्रमा शिल्पकारिता र अन्य मजदुरी कार्यलाई कसरी संगठित ढंगले अघि बढाउने भन्ने विषयमा विस्तृत छलफल भएको थियो। यस क्रममा संगठनका मिडिया प्रभारी देवराज भित्रिकोटीले स्थानीय शिल्पकार तथा मजदुरलाई प्राथमिकता नदिएर बाहिराबाट श्रमिक ल्याइनु आर्थिक र सामाजिक दृष्टिले क्षेत्रका लागि प्रतिकूल भएको बताएका थिए। उनले बाहिरबाट आउने प्रवृत्तिका कारण बालबालिकाको अपहरणसमेत बढ्दो अवस्थामा रहेको चिन्ता व्यक्त गरे। संगठनका महासचिव नित्यम शिरेलले आफ्नो सम्बोधनमा स्थानीय रोजगारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भने, “यदि कसैले धजे क्षेत्रमा बाहिरबाट शिल्पकार वा मजदुर ल्याउन चाहन्छ भने, पहिले स्थानीय शिल्पकार संगठनलाई जानकारी दिनुपर्नेछ। त्यसपछि मात्र आवश्यक कागजात परीक्षण गरेर काम गर्न दिने व्यवस्था हुनेछ। साथै उनले स्थानीय काम र योजनामा स्थानीय शिल्पकार र श्रमिकलाई प्राथमिकतामा राखेर काम दिने आह्वान गरे। संगठनले सामूहिक एकता र आत्मनिर्भरता मार्फत क्षेत्रको आर्थिक–सामाजिक सुदृढीकरण गर्ने संकल्प व्यक्त गरेको छ।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न