पहाडका अन्य चियाबारीहरूमा सरह लङ्भ्यू चियाबारीमा पनि श्रमिकहरूलाई २० प्रतिशतकै दरले बोनस दिइनुपर्छ भन्ने माग सन्तमेरिज तीन ग्राम पञ्चायत प्रधान तथा भागोप्रमो श्रमिक सङ्गठनका संयोजक मणिराज डुम्जनले गरेका छन्। तिनले बगान अहिले नोक्सानमा छैन औ चियापत्ती उत्पादन पनि राम्रै भइरहेको छ भन्दै यस वर्ष कुनै प्रकारको झमेला नगरी एकै किस्तामा श्रमिकहरूलाई बोनस दिइनुपर्छ भन्ने माग गरेका छन्। डुम्जनले जीटीए प्रमुख कार्यपाल अनित थापाले राज्य सरकारसँग चिया श्रमिकहरूको २० प्रतिशत बोनसको सन्दर्भमा कुराकानी गरेको हुँदा राज्यको श्रम मन्त्रालयबाट पनि २० प्रतिशतको नोटिफिकेशन निकालेको बताउँदै जीटीए प्रमुखप्रति पनि तिनले सम्पूर्ण श्रमिकहरूको पक्षबाट आभार प्रकट गरेका छन्।