मनसुनको समाप्तिपछि कलिम्पोङको रमणीय डेलो पार्कमा प्याराग्लाइडिङ गतिविधिहरू १५ सेप्टेम्बर २०२५ देखि औपचारिक रूपमा पुनः सुरु गरिएको छ। यसबारे आज एक पत्रकार सम्मेलनमार्फत कालेबुङ प्याराग्लाइडिङ संघका अध्यक्ष अमित राई र महासचिव बिपेन गोलेद्वारा जानकारी गराइएको थियो। उनीहरूले जानकारी गराए अनुसार अहिले देश-विदेशबाट पर्यटकहरू कलिम्पोङ आइरहेका छन् र डेलो पार्कबाट प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिइरहेका छन्। कालेबुङको प्रमुख पर्यटकीय आकर्षणमध्ये प्याराग्लाइडिङ पनि एक हो, र हामी सबैलाई यहाँ स्वागत गर्न पाउँदा खुसी लागेको अध्यक्ष राईले बताएका छन्।
