मिरिक नगरपालिकाका अध्यक्ष एल. बी. राई आफ्नो सरल र जनमुखी स्वभावका कारण मिरिककाे लाेकप्रिय नेता बन्दै आएका छन्। उच्च पदमा रहेर पनि उनी सदैव जनताको बीचमा रहँदै, नम्रता, सहानुभूति र जिम्मेवारीका साथ नेतृत्व गर्दै आएका छन्।
हालै मिरिक क्षेत्रमा आएको भीषण पैह्राेकाे बेला पनि उनको मानवतापूर्ण र सक्रिय नेतृत्व झनै प्रष्ट रूपमा देखिएको छ। विपत्तिको पहिलो दिनदेखि नै अध्यक्ष राई स्वयं प्रभावित क्षेत्रहरूमा पुगेर राहत कार्यको समन्वय गर्न, पीडितहरूलाई आवश्यक सहयोग पुर्याउन निरन्तर सक्रिय रहेका छन्। राईले हाल मिरिक नगरपालिकाकाे सबै पैह्राे प्रभावित क्षेत्रकाे स्थलगत भ्रमण गरि पीडितहरूलाई आवश्यक सहयाेग प्रदान गरिरहेका छन् भने राहत शिविरमा पुगेर उनी आफै पीडितहरूलाई खाना वितरण गर्छन्। उनले नगरपालिकाकाे सबै वार्डहरूमा नै पानीकाे पनि ब्यावस्था गरिरहेका छन्। राईले आपदकाे क्षणमा मिरिक नगरपालिका पीडितहरूकाे साथमा रहेकाे अनि पीडितहरूलाई कुनै पनि प्रकारकाे समस्या हुने नदिने बताएका छन्।