कालेबुङमा विभिन्न राजनैतिक दल अनि गैर राजनैतिक संघ संस्थाका प्रतिनिधिहरु द्वारा सिक्किम दार्जीलिङ एकीकरण विषय प्रदर्शन गरिएको छ।
डम्बर चोकमा we want unification अनि उन्मुक्ति आदि लेखिएको प्ले कार्ड लिएर जन आन्दोलनका अध्यक्ष हर्क बहादुर छेत्री लगायत कार्यकर्ता अनि सिक्किम दार्जीलिङ एकीकरणको वकालत गरिरहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सुबास मनी सिंह देश भक्त सुब्बा लगायत विभिन्न स्थानबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसैबीच आउँदो दिनमा लगातार रुपमा यो विषय अभियान सञ्चालन गरिने डा हर्कबहादुर छेत्री ले बताएका छन्
