अदालतहरुमा दैनिकी कामकुरो बिहीबारदेखि सामान्य

Share this news

विनाशर्त लिखित माफीनामा र स्थानान्तरण तय भएपछि जिल्ला अनि अन्य अदालतहरुमा दैनिकी कामकुरो बिहीबारदेखि पुन: सामान्यरुपले चलिरहेको छ।
यसबारे अवगत गराउँदै दार्जीलिङ बार एसोसिएसएनले अर्कोतिर भाषालाई केन्द्र गरेर मङपु अदालतको घटनाविरुद्ध एसोसिएसनको साथ खडा हुने सबै राजनैतिक दलहरुप्रति आभार व्यक्त गरेको छ। भारतबाहिरको नेपाली भाषामा अदालतभित्र बोल्न नपाइने अधिवक्ताहरुसामु मङपु अदालतका न्यायिक दण्डाकारीले अभिव्यक्ति पोखेपछि विरोधमा ओर्लिएको दार्जीलिङ बार एसोसिएसनले मङ्गलबार एकदिन जिल्लाभरिका अदालतमा हुने कार्य प्रणाली वहिष्कार गरेको थियो। यसलाई लिएर जिल्ला न्यायाधीश टोली र बार एसोसिएसनबीच बुधबार बसेको बैठकको उक्त सहमतिबारे जानकारी गराउँदै अदालतमा हुने कामकुरो सदा झैं चलेको पदाधिकारीहरले अवगत गराएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान