सिलगड़ी पुलीश कमिशनरेट अन्तर्गत मटिगडा पुलीस स्टेशनमा चोरीको घटना रिपोर्ट गरिएको थियो, जहाँ अज्ञात अपराधीहरूले मटिगडा पुलीस स्टेशन क्षेत्रअन्तर्गत उत्तरायन टाउनशिपमा बसोबास गर्ने एक घरबाट सुनका गहना अनि नगदसहित एउटा मोबाइल फोन चोरी गरेको आरोप छ। विशेष जानकारीको आधारमा, मटिगडा पुलीस स्टेशन टोलीले तुरून्तै कार्यवाही गर्दै छापा मारेको थियो। यसक्रममा मटिगडा पुलीस स्टेशन क्षेत्रअन्तर्गत राणा नगर निवासी संजीव साहानीलाई पक्राउ गर्यो। चोरी गरिएको गहना साहानीको नियन्त्रणबाट उद्धार गरिएको छ।
