गोर्खे चेली अनि गोर्खाजातिप्रति हाकिमपाड़ा, सिलगढीमा सोमबार भएको अनैतिक, अमानवीय, असामाजिक अनि नश्लवादी घटनाप्रति ध्यानाकर्षण गर्नका साथ प्रशासनिक हस्तक्षेपको निम्ति पश्चिम बंगालका महामहिम राज्यपाल डा. सी. भी. आनन्द बोस् ; पश्चिम बंगालका माननीय मुख्यमन्त्री सुश्री ममता व्यानर्जी; पश्चिम बंगाल विधानसभाका माननीय विपक्षका नेता श्री सुभेन्दु अधिकारीजी अनि श्री सी. सुधाकर आइपीएस, पुलिस कमिश्नर, सिलगढीलाई विनय तामाङले पत्राचार गरी घटनाको दोषीलाई कारवाही गर्ने माग गरेका छन्।
