सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्मान भवन गान्तोकमा आयोजित विशेष समारोहमा ‘कनेक्ट टु सीएम’ प्लेटफर्मको औपचारिक शुभारम्भ मङ्गलबार गरे। जनमुखी शासन प्रणालीतर्फको एउटा महत्त्वपूर्ण कदमस्वरूप प्रारम्भ गरिएको यस पहलले आम जनतालाई आफ्ना गुनासो, समस्या तथा सुझाउहरू प्रत्यक्ष रूपमा मुख्यमन्त्री कार्यालयसम्म पुर्याउन सक्षम बनाउनेछ। साथै, नागरिकहरूले सरकारी सेवा र सुविधाहरू सहज रूपमा प्राप्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्ने उद्देश्य यस योजनाको मूल भावना हो।
अबदेखि नागरिकहरूले हरेक दिन चाडपर्व तथा सार्वजनिक विदाका दिनहरू समेत बिहान 10:30 बजेदेखि दिउँसो 4 बजेसम्म 8001681188 वा 9332781188 नम्बरमा सम्पर्क गरी आफ्ना गुनासो वा आवश्यकता मुख्यमन्त्री कार्यालयमा प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।
