गोक बजार स्कूल लाइन स्वनिर्भर समूहले गोक उच्च माध्यमिक विद्यालयको वरिपरी सफाइ कार्य चलाएको थियो। हिजो उक्त विद्यालयको खेल मैदानमा उक्त विद्यालय र निम्न बुनियादी विद्यालयको संयुक्त तत्वावधानमा 79औं स्वाधीनता दिवस समारोहको आयोजन गरिएको थियो। त्यस समय धेरै गर्मी भएको कारण मानिसहरूले पानीका बोतल, प्याकेट खानेकुराका खोलहरू फ्याँकेका थिए। त्यसैले यो सफाइ कार्य चलाउन परेको थियो। अर्कोतिर सरकारबाट पनि सबै समूहलाई प्लास्टिकमुक्त परिवेश बनाउने गरिएको आह्वानलाई मानेर सफाइ कार्य चलाइएको थियो। स्मरण रहोस् गत वर्ष पनि यस्तै समस्या हुँदा स्कूल लाइन स्वनिर्भर समूहले सफाइ कार्य चलाएको थियो। समूहले बताए अनुसार त्यहाँ फोहोर फ्याँक्ने बोराहरू राख्न पर्ने अनुरोध विद्यालयपक्षलाई गरेको छ। यस सम्बन्धमा स्कूल लाइन स्वनिर्भर समूहकी सचिव पूर्णिमा देवानले बताएको सीता गुरूङले जानकारी दिएकी छिन्।