देन्ताम वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरी समारोह तयारी तथा व्यवस्थापन विषयलाई लिएर समीक्षा सभा मङ्गलबार आयोजन गरिएको थियो।
गत अक्टोबर १० तारिखदेखि सुरु भएको शताब्दी (सेन्टेनेरी) समारोहलाई अझ भव्य, सुव्यवस्थित र मर्यादित बनाउने यो विशेष पहल गरिएको थियो।
आगामी अक्टोबर १८ मा हुने अन्तिम (प्रमुख) कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तमाङ (गोले) को विशेष आतिथ्य रहने भएकाले सो कार्यक्रमको सम्पूर्ण तयारी र व्यवस्थापनलाई पक्का पार्ने उद्देश्यले यो सभा आयोजना गरिएको थियो।
