आगरा विमानस्थल बम आक्रमणको धम्की, ताजमहल नजिक गोली प्रहार
उत्तर प्रदेशको आगरा विमानस्थलमा बम आक्रमण गर्ने धम्कीसहितको इमेल प्राप्त भएको छ। इमेलमा विमानस्थल परिसरमा राखिएको ब्याकप्याकमा विस्फोटक पदार्थ लुकाइएको दाबी गरिएको थियो। सूचना पाएपछि सुरक्षा एजेन्सीहरूले सर्च अपरेसन चलाएका थिए तर कुनै पनि विस्फोटक वा शंकास्पद वस्तु फेला परेन। उता, ताजमहल नजिकै एक कारमा सवार दुई युवाले तीन राउन्ड गोली प्रहार गरेका छन्।