मुलुकको राजधानी दिल्लीमा सञ्चालित क्यारिङ्ग ह्यान्ड संस्थाले मानव उपकारी कार्य गर्दै आइरहेको छ। दार्जीलिङको बदमताम चियाबारीका शिशिर राईको नेतृत्वमा सञ्चालित क्यारिङ्ग ह्यान्डले रोगीहरूको उपचारमा सधैं सहयोग गरिरहेको छ। यसैक्रममा क्यारिङ्ग ह्यान्डले माथिल्लो फागु चियाबारी, गोरूबथान, कालेबुङका सुगर अनि औषधी धेरै प्रयोग गर्दा समस्यामा परेका बिनय प्रधानलाई उपचार गराउन दिल्ली लगेर आफ्नै केन्द्रमा राखी निका पारी घर फर्काएको छ। यस कार्यको लागि बिनय प्रधानको परिवारले शिशिर राईलगायत क्यारिङ्ग ह्यान्डका सम्पूर्ण कार्यकर्ताहरूप्रति आभार व्यक्त गरेको छ।