साक्योङमा सीएपीको समष्टिस्तरीय बैठक सम्पन्न

Share this news

सिटिजन एक्सन पार्टी-सिक्किमको सिङ्ताम–खाम्दोङ समष्टि अन्तर्गत, साक्योङ वार्डस्थित समष्टिमा सिटिजन एक्सन पार्टी–सिक्किमको समष्टि स्तरको विशेष बैठक सम्पन्न भयो। वरिष्ठ नेत्री श्रीमती सुमती क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा समष्टिका सक्रिय नागरिकहरूको उल्लेखनीय उपस्थिति रह्यो। बैठकमा संगठन सुदृढीकरण, जनजागरण तथा भावि रणनीतिमा केन्द्रित छलफल भयो। सोही अवसरमा विभिन्न पृष्ठभूमिका ११ जना नयाँ सदस्यले पार्टीमा सामेल हुँदै नीति, उद्देश्य र नेतृत्वप्रति आस्था व्यक्त गरे।
यस सभामा, युनिट स्तरीय परिषद (UVC) तयार गर्दै निम्न प्रतिनिधिहरू चयन गरियो। सिमिक आरिटार –केसाङ काजी, सिमिक – शुभलाल शर्मा, दोछुम –अरुण राई अनि अप्पर चिसापानी – श्रीमती शुभ लच्छी राई।
बैठकमा विशेष अतिथिका रूपमा गान्तोक जिल्ला महिला परिषद् अध्यक्ष श्रीमती शान्ति तामाङको उपस्थिति रहेको थियो। नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्दै नेत्री श्रीमती सुमती क्षेत्रीले सिक्किमलाई सक्षम नेतृत्व दिने सामर्थ्य सीएपीका नेता गणेश राईसँग मात्र रहेको बताउँदै जनसेवामा दृढ प्रतिबद्धता आवश्यक भएको धारणा राखिन्। बैठकले जनचाहना अनुरूप अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको सीएपी,सिङ्ताम–खाम्दोङ समष्टि अध्यक्ष वसन्त थापाले जानकारी दिएका छन्।

CAP general meeting held in Sakyong


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान