मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेम सिंह तामाङको दिशा निर्देशनमा एसकेएम पार्टीको केन्द्रीय कार्यालयमा आज एक संक्षिप्त तर महत्त्वपूर्ण बैठक सम्पन्न भयो। यस बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष कुंगा निमा लेप्चाको उपस्थितिमा अतिथिहरूको सहभागिता रहेको थियो। बैठकमा OSD हरू, CLC अध्यक्ष, जिल्ला पदाधिकारीहरू साथै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, प्रेस सचिव बिकाश बस्नेत, OSD कर्मा सुब्बा, कानुनी परामर्शदाता श्रीमती पूजा लामिछाने तथा एसकेएम केन्द्रीय कार्यालयका महासचिव पवन गुरुङको उपस्थिति रहेको थियो।
