Blue Diamond School

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

Share this news

तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारीको ब्लु डाइमण्ड अंग्रेजी स्कूलमा विद्यार्थीहरुलाई लिएर आयोजित देऊसी भैलो प्रतियोगिता समापन भयो। स्कूलको चारवटा हाउसहरुलाई लिएर आयोजित देऊसी भैलो प्रतियोगिता कार्यक्रममा विद्यार्थीहरुले‌ जातीय पहिरनमा रहेर प्रस्तुति दिएका थिए। यस प्रतियोगितामा स्कूलको चारवटा हाउसहरु क्रमैले क्यामेलिया, मेरीगोल्ड, अर्किड र लोटसका विद्यार्थीहरुले भाग लिएका थिए। शिक्षिकाद्वय पूर्णिमा छेत्री र सुप्रिया राईले सञ्चालन गरेको यस प्रतियोगितामा निर्णायकको रुपमा शिक्षिकाहरु क्रमैले प्रेरणा गुरुङ, बिनुमा राई, सुबला छेत्री, कुर्साङ लामा आदि रहेका थिए। यस प्रतियोगितामा ब्लु डाइमण्ड अंग्रेजी स्कूलका निर्देशक बीबी थापा र प्रोप्राइटर लिला थापा विशेष रुपमा उपस्थित रहेका थिए। यस प्रतियोगिता अन्तर्गत देऊसीमा अर्किड हाउस विजय बन्यो भने भैलोमा लोटस र मेरीगोल्ड बराबर भएकोले दुवैलाई विजय घोषित गरियो। यस प्रतियोगितामा विजय प्रतियोगीहरुलाई स्कूलका निर्देशक बीबी थापा र प्रोप्राइटर लिला थापाको बाहुलीबाट ट्रफीहरु प्रदान गरिएको थियो। यस प्रतियोगिता विषयमा स्कूलकी सह शिक्षिका पूर्णिमा छेत्रीले विस्तृत रुपमा जानकारी गराएकी थिइन्।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या