प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दार्जीलिङ केन्द्रमा शनिबार एकदिने रक्तदान शिविर गरिने जानकारी पाइएको छ। विश्वबन्धुत्व दिवसको अवसरमा क्वीन्स हिलस्थित उक्त केन्द्रमा ९.३० देखि ५ बजे बेलुकीसम्म हुने शिविरमा जीवनदायी रक्तदान गर्न जनसाधारणलाई अपिल गरिएको छ। राजययोगिनी दादी प्रकामणिजीको १८औं पुण्यतिथिलाई केन्द्र गरेर उक्त दिन भारत अनि नेपालका विभिन्न ठाउँ उक्त शिविर हुने बताइएको छ।
