रक्तदाता दिवसमा रक्त दान जीवन दान-नाटक प्रस्तुत

Share this news

दार्जीलिङ,16 जुन(निसं): रक्तदाता दिवसलाई मध्य नजर राख्दै महाकाल मन्दिर परिचालक समिति साथै ब्लड सेन्टर दार्जीलिङ जिल्ला अस्पतालको सयुंक्त तत्वधानमा रक्तदान विषय जनचेतनाको निम्ति नाटक मञ्चन साथै जानकारी मुलक पर्चा वितरण कार्यक्रम आइतबार सम्पन्न गरियो । स्थानीय मारवाडी सहायक समिति भवनमा सम्पन्न कार्यक्रममा वैष्णवी प्रोडक्सन दार्जीलिङका कलाकारहरु क्रमैले रिना राया, आदित्य  राया, सुनिल शंकर अनि शिवानी छेत्रीद्वारा रक्तदान बिषय माथी  जनचेतनामूलक लघु नाटक रक्तदान जिवन दान प्रस्तुत गरियो । सम्पन्न कार्यक्रममा  महाकाल मन्दिर परिचालक समितिका सदस्यहरु ,ब्लड सेन्टर डिस्ट्रीक हस्पिटल दार्जीलिङका डाक्टर गोपाल सरकार ,डाक्टर एस कुमार लगायत आशा कर्मीहरु ,विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा रक्तदान गर्न किन जरुरी छ  साथै कस्ता  व्याक्तीहरुले रक्तदान गर्न सकिन्छ भन्ने बिषयमा अवगत गराएका थिए । जनचेतनामूलक कार्यक्रम सम्बन्धि  महाकाल परिचालक समिति साथै ब्लड सेन्टर जिल्ला अस्पताल दार्जीलिङका सदस्यले बृस्तित जानकारी गराए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान