अगस्तमा 12 मा गाडीधुरा-सिमाना रोड अवरोध गर्ने

मिरिकको घैयाबारी मलाबाँसे ठेकेदार संगठनले पीडब्ल्युडीको कार्यमा स्थानीयहरूलाई प्राथमिकता दिनुपर्ने माग गर्दै आगमी 12 अगस्तको दिन गाडीधुरा मिरिक सिमाना रोड 12 घण्टा अवरोध गर्ने भएको छ। शुक्रबार घैयाबारी सार्वजनिक भवनमा सम्पन्न एक सभामा यस्तो निर्णय लिइएको हो। संगठनको तर्फवाट अध्यक्ष बिदुर गुरुङले बन्द केवल सांकेतिक रहेको बताए। यसका साथै उनले संगठनको मागलाई अदेखा भए ठोस संघर्ष गर्ने बताए। पीडब्लुडीको काममा स्थानीयहरुलाई किनारा गर्नुले जीटीए सम्झौताको ३२ नम्बर धाराको उल्लंघन भएको उनले बताए। यसका साथै संगठनका सचिव मदन तामाङले बन्द अवधि केही आपतकालीन सेवाहरुलाई छुट दिने जानकारी दिएका छन्।

Leave a Reply