भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला समितिको कोर कमिटिको टोलीले नयाँ भाजपा राज्य अध्यक्ष समिक भट्टचार्यसँग सिलगडीस्थित पार्टी कार्यालयमा भेटघाट गर्यो्। कमिटिको नेतृत्व जिल्ला अध्यक्ष कल्याण देवानले गरे। उक्त टोलीले नयाँ राज्य अध्यक्षलाई दार्जीलिङ भ्रमणको लागि निमन्त्रणा दियो। राज्य अध्यक्ष भट्टचार्यले छलफलपछि भ्रमणको मिति तय गर्ने आश्वासन दिए।
