भाजपाले बगालमा पाँचवटा सीट जित्न सक्दैन:  रमेश कडेरिया

Share this news

बिजनबारी,19 जुलाई(निसं): आगामी 2026 सालमा पश्चिम बंगाल राज्यमा हुने विधान सभा चुनावमा भारतीय जनता पार्टीले पाँचवटा पनि सिट जित्न नसक्ने हिल तृणमुल युवा एकाई महासचिव रमेश कडेरियाले बताए। यसका साथमा भाजपाको सरकार केन्द्रमा पनि लंगडो भएको तथा आगामी पाँच बर्षसम्म पनि चल्न नसक्ने उनको ठोकुवा छ। उनले अझ भने, भाजपाले देशमा जुन प्रकारको झुठो राजनैतिक गर्दछ त्यो कदापि ठिक होइन त्यो कुरा देशव्यापी रूपमा थाहा छ त्यसैले यो पाँच बर्ष पनि सरकार चल्न सक्दैन। यस्तै भाजपाले देशमा पुस्तौंदेखि बसेकाहरुलाई शकाको रूपमा हेर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो कडेरियाले बताए। आगामी 21 जुलाईमा तृणमुल काग्रेसद्वारा कोलकातामा आयोजना हुने सहिद दिवस कार्यक्रममा भाग लिन जानअघि पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन भने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपाको जनबिरोधी कार्यहरु विरुद्धमा खडा हुदै जनसेवाको रूपमा अधि आएकोमा आफुहरु कृतज्ञ रहने कडेरियाले बताए। अर्कोतिर आगामी 21 जुलाईमा कोलकातामा हुने सहिद दिवसमा पहाडबाट व्यापक रूपमा तृणमुल कार्यकर्ताहरु कोलकता जाने हिल तृणमुल युवा महासचिव रमेश कडेरियाले जनाए भने दार्जीलिङ  तथा कालेबुङ जिल्लाबाट व्यापक रूपमा नेतृत्व तथा कार्यकताहरु भोलिदेखि नै कोलकातातर्फ प्रस्थान गर्ने उनले बताए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान